Logo

मंगलवार, भाद्र ९ गते २०८३

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा


टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

काठमाडौँ ।  लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिनु भएको छ।  केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त हुनुभएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख लागेको जनाएका छन्। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्स सहित मेसेजिङ एप्लिकेसन वीच्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने चेतावनी दिँदै एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै दुबै चिनियाँ कम्पनीहरु अहिले संकटमा छन्।  राष्ट्रपति ट्रम्पको आदेश विरुद्ध सान फ्रान्सिस्कोमा चिनियाँ मेसेजिङ एप्लिकेसन वीच्याटका प्रयोगकर्ताले अदालतमा चुनौती दिने बताएका छन्। 

उत्तर अमेरिकी टिकटकका महाप्रबन्धक भेनिसा पाप्पाले कम्पनीको अन्तरिम प्रमुखकको पद सम्हाल्नु हुनेछ। टिकटकले पनि मायरले राजीनामा दिनुभएको पुष्टि गर्दै पछिल्ला केही महिनादेखि अमेरिकी राजनीतिक घटनाक्रमका कारण मायरको भूमिका परिवर्तन भएको जनाएको छ। 

बाइटडान्सका संस्थापक एवं प्रमुख कार्यकारी यिमिङ झाङले कम्पनीका कर्मचारीलाई पठाएको पत्रमा विवादित विषय सुल्झाउन प्रयास जारी रहेको बताएका छन्। उनले भारत र संयुक्तराज्य अमेरिकामा आफ्नो कम्पनीमाथि समस्या खडा भएको स्वीकारेका छन्। 

गत अगष्ट ६ मा राष्ट्रपति ट्रम्पले टिकटकको संस्थापक कम्पनी बाइटडान्समाथि अमेरिकामा प्रतिबन्ध लगाउन एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। अमेरिकामा टिकटकलाई आफ्नो स्थिति प्रष्ट गर्न ४५ दिनको समय दिइएको छ। 

कामना न्यूज

  • बिहिवार, भाद्र ११ २०७७०२:०१:३०
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक