Logo

मंगलवार, भाद्र ९ गते २०८३

१७ वर्षीया युवतीको बलात्कार, ४ जना पक्राउ

१७ वर्षीया युवतीको बलात्कार, ४ जना पक्राउ


१७ वर्षीया युवतीको बलात्कार, ४ जना पक्राउ

काठमाडौँ । कैलालीमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन्।

जानकी गाउँपालिका वडा नम्बर ९ को खैरीफाँटामा १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गर्ने ४ जना युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

प्रहरी नायब उपरीक्षक न्यौपानेले सामूहिक बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ कै दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान पक्राउ गरिएको जानकारी दिए।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

युवतीमाथि गत भदौँ ११ गते राति सामूहिक बलात्कार भएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक