काठमाडौँ । कोरोना भाइरसको महामारीकाबीच लागु औषध नियन्त्रण ब्यूरो विराटनगरले ठूलो परिमाणमा लागुऔषधसहित १ व्यक्तिलाई पक्राउ गरेको छ।
सुनसरीको भीमनगर नाकाबाट २२ वर्षीय युवक सुशील शर्मालाई ब्यूरोले शनिबार बेलुका नियन्त्रणमा लिएको हो।
सुनसरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार स्थानीय कोशी गाँउपालिकाका युवकलाई नाकाबाट ३३ बोतल डाइलेक्स, ५ सय २२ क्याप्सुल स्पास्मोप्रक्सिभन, र १ सय क्याप्सुल नाइट्रोसनसहित पक्राउ गरिएको हो।
उनका अनुसार लागु औषध नियन्त्रण ब्यूरोले साइकलमा भारतबाट लागुऔषध लिएर आउँदै गर्दा युवकलाई भण्टाबारी चौक नजिक पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको हो।
प्रवक्ता शर्माका अनुसार लकडाउनका क्रममा बरामद भएको यो लागुऔषध हालसम्मकै उच्च परिणामको हो। पक्राउ परेका सुशीलले लागुऔषध भारतको भीमनगरबाट ल्याएको खुलेको छ।
उनीविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रवक्ता शर्माको भनाई छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक