Logo

मंगलवार, भाद्र ९ गते २०८३

मिनिट्रक दुर्घटनामा एकको मृत्यु

मिनिट्रक दुर्घटनामा एकको मृत्यु


मिनिट्रक दुर्घटनामा एकको मृत्यु

काठमाडौँ । रामपुर नगरपालिका– ४ स्थित टुनीभञ्ज्याङमा मिनिट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही जिल्ला वाग्मती नगरपालिका वडा नं ७ घर भएका अन्दाजी वर्ष ३० का सन्तोष गहतराज रहेका इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। आज बिहान बुटवलबाट रामपुर आउँदै गरेको वाग्मती प्रदेश–०३–००१–००७१ नम्बरको मिनिट्रक दुर्घटना भएको हो।

ट्रक चालक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का १ जना भने सामान्य घाइते थिए। ट्रक सडकबाट १ सय ५० मिटर तल खसेको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक