काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत १ कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ।
बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि ९ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक