काठमाडौँ । एकैदिन ३ बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
गुरुङले ११/११ वर्षीय २ जना र ९ वर्षीया १ बालिकालाई कोही नबस्ने गरेको १ घरमा लगेर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले बताए।
उनले भने, ‘गुरुङले गत ६ गते ३ जनालाई एकै ठाउँमा बोलाएर ललाईफकाई गरी जबर्जस्ती करणी गरेको र शुक्रबार परिवारको लिखित उजुरीका आधारमा सोही दिन पक्राउ गरिएको हो।’
सोभन्दा अघि पनि ती बालिकामाथि पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र परिवारलाई बालिकाले शुक्रबार मात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ।
पक्राउ गरेलगत्तै आरोपित गुरुङलाई जिल्ला अदालतमा लगेर २० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाइ छ। ११ र ९ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक