Logo

मंगलवार, भाद्र ९ गते २०८३

कोरोनाबाट मृत्यु हुने अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ

कोरोनाबाट मृत्यु हुने अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ


कोरोनाबाट मृत्यु हुने अंग निकालिन्छ भन्दै अफवाह फैलाउने पक्राउ

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको अंग डाक्टरले निकाल्ने गरेको अभियोग लगाउनेसहितका अभिव्यक्ति दिएका व्यक्ति पक्राउ गरेका छन्।

प्रहरीले कोरोना भाइरसको संक्रमण र त्यससँग जोडिएर अफवाह फैलाएको अभियोगमा सुवास सुब्बा लिम्बु नाम गरेका ती व्यक्तिलाई सोमबार बिहान ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो।

आफूलाई प्राकृतिक चिकित्सक बताउने उनलाई ढोलाहिटी स्थित आयुर्वेद अनुसन्धान केन्द्रबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख दीपक थापाले जानकारी दिएका छन्।

उनले हालै विभिन्न युट्यूब च्यानलहरुमा कोभिड–१९ बाट मृत्यु भएको व्यक्तिको शव नदेखाइनु र पोष्टमार्टम नहुनुको कारण अंक निकालिनु नै रहेको आरोप लगाएका थिए।

उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा कारवाही प्रक्रिया अघि बढाइने थापाले बताएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक