Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली सरकारले कोरोनाका नाममा भ्रष्टाचार गर्‍यो - कांग्रेस सभापति देउवा

ओली सरकारले कोरोनाका नाममा भ्रष्टाचार गर्‍यो - कांग्रेस सभापति देउवा


ओली सरकारले कोरोनाका नाममा भ्रष्टाचार गर्‍यो - कांग्रेस सभापति देउवा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाका नाममा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएका छन्।

कोरोनाले संक्रमण बढे पनि सरकारले पीसीआर परीक्षणको दायरा नबढाउने र आइसोलेसनहरू पर्याप्त नबनाएको देउवाको आरोप छ।
सरकारले कोरोनाका नामबाट पैसा भ्रष्टाचार गरेको छ,’ बीपीको १०७औं जन्मजयन्तीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयले बुधबार गरेको कार्यक्रममा देउवाले भने, ‘पीसीआरको दायरा बढाएको छैन। अरू देशमा अस्पताल र आइसोलेसन बनाएका छन्। नेपालमा सरकारले केही मतलब गरेको छैन।

स्वास्थ्य सामग्री खरिद लगायतमा अनियमितता भइरहेको भन्दै कांग्रेसले यसअघि पनि छानबिन गर्न माग गरेको थियो।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा आफूहरूले दिएको सुझावअनुसार काम नगरेको पनि देउवाको भनाइ थियो।

सरकारले जनताका प्रजातान्त्रिक अधिकार खोस्न खोजिरहेको आरोप पनि देउवाले लगाएका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक