Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

काठमाडौँ, कास्कीसहित यि ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, कास्कीसहित यि ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान


काठमाडौँ, कास्कीसहित यि ८ जिल्लामा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ- मनसुनको न्यून चापीय रेखाको प्रभावले काठमाडौँ, कास्कीसहितका विभिन्न ८ जिल्लामा भारी वर्षा भएको छ ।

काठमाडौँ उपत्यकाका केही स्थानमा बिहानीपखबाट भारी वर्षा भएको छ । यस्तै कास्की, रूपन्देही, कपिलवस्तु, म्याग्दी, पर्वत, नवलपरासी र बागलुङमा पनि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।
भारी वर्षा भएका क्षेत्रमा बाढी पहिरो र डुबानको खतरा रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर  पूर्ण बदली रही  केही स्थानहरूमा  मेघगर्जन,चट्याङसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ ।

प्रदेश १, प्रदेश २,  बागमती प्रदेश  र अहिले भारी वर्षा भएका गण्डकी प्रदेशका केही जिल्लामा दिउँसो पनि भारी  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यतया  बदली  रही  केही स्थानहरूमा  मेघगर्जन, चट्याङसहित  हल्का देखि मध्यम  वर्षाको  सम्भावना रहेको  छ । प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

कामना न्यूज

  • शुक्रवार, भाद्र २६ २०७७०८:०८:४८
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ