काठमाण्डौ - केहि समय अघि प्रचण्ड जब जब समस्यामा पर्थे तब तब उनले शान्ती प्रक्रिया भाडिने अभिव्यक्ति दिन्थे। विपक्षि तथा सर्वसाधारणको आफूतिर ध्यान दिन खिच्ने र सत्ता शक्ति अथवा आफ्ना एजेण्डामा वार्गेनिंग गर्न उनले आफू फेरी बलिदान दिन र जंगल पस्न तयार रहेको जस्तो अभिव्यक्ति दिने गर्दथे ।
तर, अहिले समय बदलिएको छ । वाहिरबाट हेर्दा प्रचण्ड सर्वशक्तिमान पदमा छन् । आफै अध्यक्ष रहेको पार्टिले दुई तीहाई मत सहितको शक्तिशाली सरकारको नेतृत्व गरिरहेको छ । तर, उनका चाहानाअनुसार केहि नहुँदा उनका असन्तुष्ट अभिव्यक्तिहरु बेला बखत सार्वजनिक भईरहन्छन ।
र, यो समय प्रचण्डले घुर्कि लगाउने अथवा शक्ति बार्गेनिंग गर्ने एकै पात्र छन् - प्रधानमन्त्री केपी शर्मा ओली । शक्तिशाली प्रधानमन्त्रीलाई गलाउन नसकेपछि उनको फ्रस्टेशन वाहिरिन्छ - तितर वितर भएका पूर्व माओवादीहरु एक हुन् पर्थ्यो।
केहि समय अघि वरिष्ठ टेलिभिजनकर्मी भुषण दाहालसँग एपि वान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम द ब्राभो डाल्टा शोमा प्रचण्डले बाबुराम भट्टराई र मोहन बैद्यसँग कुराकानी भैरहेको वताएका थिए । "मलाई लाग्छ उहाहरुलाई पनि मलाई जस्तै हामीहरु छुट्टिएर गल्ति गर्यौ भन्ने लाग्छ । " प्रचण्डले भने ।
प्रचण्डका पुराना सहयात्री बाबुराम भट्टराईले भने प्रचण्डले भने जस्तो पुराना माओवादीहरु मिल्नु सम्भव देख्दैनन् । एउटा राजनीतिक कोर्स पुरा भएको भन्दै माओवादिबाट समबन्ध विच्छेदको घोषणा गरि नयाँ शक्ति बनाउन लागि परेका बाबुराम जनता समाजवादी पार्टिका वरिष्ठ नेता समेत हुन् ।
टिभि टुडे नेपालबाट प्रशारण हुने कार्यक्रम द टक शोमा वरिष्ठ पत्रकार नारायण तिवारीसँग कुरा गर्दै डाक्टर बाबुराम भट्टराईले प्रचण्डसँग फेरी एक हुन् सम्भावना नरहेको वताए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक