Logo

मंगलवार, भाद्र ९ गते २०८३

१० किलो अफिम लागुऔषध सहित २ जना पक्राउ

१० किलो अफिम लागुऔषध सहित २ जना पक्राउ


१० किलो अफिम लागुऔषध सहित २ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज १० किलो अफिम सहित २ जनालाई पक्राउ गरेको छ। सोमबार विहानै दाङ जिल्लादेखि बाँके जिल्ला ल्याउने क्रममा उनीहरुको झोला खानतलासी गर्दा १० किलो लागुऔषध अफिम बरामद गरिएको हो।

लागू औषध अफिम बाँके जिल्लाको राप्ती सोनारीगाउँपालिका १ कुशुमबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनिहरुले लुकाई छिपाई बाँके जिल्लामा ल्याईरहेको लागुऔषध अफिम कुशुम बजारमा विशेष सुचनाको आधारमा नियन्त्रणमा लिईएको सोमवार पत्रकार सम्मेलन गरि प्रहरीले जनाएको छ।

राप्तीसोनारी गाउँपालिका १ कुशुम स्थित सडकमा शंकास्पद हिडिरहेका जिल्ला रुकुम पुथा उत्तरगंगा गाउँपालिका ८ का ५३ बर्षिय धन बहादुर सेनर जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ बस्ने २४ बर्षिय बसन्त घर्तिमगरलाई चेकजाँच गर्ने क्रममा सेनले बोकेको झोला भित्र रहेको प्लाष्टिकको पोका बनाई राखेको १० पोका अफिम तौल १० किलो फेला पारेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिएका छन्।

उनिहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा १४ (६) को उपदफा (३) बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक