Logo

मंगलवार, भाद्र ९ गते २०८३

दुई वर्ष काम गरेका मन्त्रीहरु हटाउने तयारी

दुई वर्ष काम गरेका मन्त्रीहरु हटाउने तयारी


दुई वर्ष काम गरेका मन्त्रीहरु हटाउने तयारी

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा दुई वर्ष काम गरेका मन्त्रीहरु हटाएर नयाँ बनाउने बताएका छन्। यसअघि पार्टीमा विवाद भएकाले  मन्त्रिमण्डल हेरफेर हुन रोकिएको थियो।

दुई पुगेका मन्त्री हटाउने सहमतिअनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, उर्जा तथा जलस्रोतमन्त्री वर्षामान पुन, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वनमन्त्री शक्ति बस्नेत हट्ने भएका छन्।

नयाँ मन्त्रीहरुमा कसलाई ल्याउने भन्नेमा छलफल भइरहेको बताइएको छ। पार्टीभित्रको विवाद समाधान गर्न साउन अन्तिममा महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले मन्त्रीमण्डल हेरफेर गर्न र सहमतिमा राजनीतिक नियुक्ति गर्न सुझाव दिएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक