काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गरेका छन्। सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गरेको पार्टी कार्यालयले आज जनाएको छ।
गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित भएका महामन्त्री डा कोइराला ज्वरो आएपछि मङ्गलबार ओम अस्पताल भर्ना भएको थियो। उनको स्वास्थ स्थितिमा क्रमिक सुधार भइरहेको पार्टी कार्यालयले जनाएको छ। ओम अस्पतालमा चिकित्सक टिमको संयोजन गरिरहेको डा विश्वनाथ कोइरालाका अनुसार निमोनियाको स्थिति नियन्त्रण हुँदै गएको छ। साथै रेमडिसिभर औषधिको प्रयोगले उनको स्वास्थ्यलाई सहज बनाइरहेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक