काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जथाभावी गरेकाले जथाभावी गरेकाले तह लगाउनु पर्ने वताएका छन्।
सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकाले अप्रजातान्त्रिक काम गरेका यसकाविरुद्ध अब आन्दोलन गर्नुपर्ने बताएका हुन् ।
नेपाल महिला संघ केन्द्रीय समितिले सोमबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘यो कम्युनिष्ट सरकारले अति बदमासी गरेको छ। जथाभावी गरेको छ। कर्मचारीलाई धम्क्याएर तर्साएर राखेको छ। ओली सरकारलाई तह लगाउनुपर्छ, यो सरकारलाई घेर्नुपर्छ ।’
अप्रजातान्त्रिक काम गरिरहेकोले आन्दोलन गर्ने दिन आउन सक्ने भन्दै कार्यकर्तालाई तयारी रहन भनेका देउवाले कोरोना महामारी रहेकोले अहिले नै सरकारविरूद्ध आन्दोलन गर्न सक्ने अवस्था भने नरहेको स्पष्ट पारेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक