Logo

मंगलवार, भाद्र ९ गते २०८३

किन गर्दैछन कांग्रेस सभापति देउवालाई ,ओली र प्रचण्डले तारन्तार फोन ?

किन गर्दैछन कांग्रेस सभापति देउवालाई ,ओली र प्रचण्डले तारन्तार फोन ?


किन गर्दैछन कांग्रेस सभापति देउवालाई ,ओली र प्रचण्डले  तारन्तार फोन ?

१८ असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी दाङमा राख्ने निर्णयको विरोधमा बुटवलमा नेपाली कांग्रेसले सडक आन्दोलन थालेपछि त्यसको तरंग काठमाडौंसम्म आइपुगेको छ । कांग्रेसले बुटवलमा आन्दोलन चर्काएपछि मुख्यमन्त्री पोखरेल सहायता माग्न काठमाडौं आएका छन् ।

मुख्यमन्त्री पोखरेलको आग्रहपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवालाई टेलिफोन गरेर आन्दोलन रोकिदिन र सरकारलाई सहयोग गर्न आग्रह गरेको स्रोतले कामना न्युजलाई बतायो ।
त्यसैगरी कार्यकारी अध्यक्ष प्रचण्डले पनि शेरबहादुर देउवालाई फोन गरेर दाङलाई नै स्थायी राजधानी बनाउने प्रस्तावमा कांग्रेसका तर्फबाट सहमति जनाइदिन आग्रह गरेका छन् ।

‘प्रदेशसभामा नेकपाको दुईतिहाई बहुमत छ । कांग्रेसले जति विरोध गरे पनि नेकपाकै भोटले दाङको पक्षमा प्रस्ताव पारित भइहाल्छ’ कार्यकारी अध्यक्ष प्रचण्डले देउवालाई फोनमा भने,‘त्यसैले कांग्रेसले आन्दोलन रोकोस् र दाङकै पक्षमा मतदान गरोस् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको नाम र राजधानी राष्ट्रिय सहमतिका आधारमा तय गरिनु बाञ्छनीय हुने भन्दै कांग्रेस सभापति देउवालाई आन्दोलन रोकेर सहमति जनाइदिन आग्रह गरेको स्रोतले कामना न्युजलाई  बतायो ।

नेकपाका शीर्ष नेताहरुले देउवालाई तारन्तार फोन गरेर सहमतिमा आउन आग्रह गरे पनि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले भने राजधानीको नाम र स्थान तोक्ने बेलामा प्रदेश ५ को विपक्षी दलसँग कुनै परामर्श नगरी एकलौटी चल्न खोजेको प्रदेशका कांग्रेस नेताहरुको गुनासो छ ।

अर्कोतर्फ, काठमाडौंमा सहमति खोजिरहेको नेकपाको आफ्नै दलभित्र असहमतिका स्वरहरु सुनिन थालेका छन् । दाङको पक्षमा भोट हालिदिन देउवासँग आग्रह गरिरहँदा नेकपाकै भोट दाङको विपक्षमा पर्ने संकेत देखिन थालेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक