Logo

बुधवार, भाद्र १० गते २०८३

का‍ंग्रेसका सबै सांसदलाई दसैँ भत्ता फिर्ता गर्न देउवाको निर्देशन

का‍ंग्रेसका सबै सांसदलाई दसैँ भत्ता फिर्ता गर्न देउवाको निर्देशन


का‍ंग्रेसका सबै सांसदलाई दसैँ भत्ता फिर्ता गर्न देउवाको निर्देशन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सबै सांसदलाई दसैँ भत्ता स्वरुप पाएको रकम फिर्ता गर्न निर्देशन दिएका छन्।

कांग्रेस संसदीय दलका नेता समेत रहेका देउवाले प्रमुख सचेतक बालकृष्ण खाँडलाई कांग्रेसका सबै सांसदले पाएको दसैँ भत्ता फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

सरकारले देशमा कोरोना भाइरसको महामारीका कारण जनता समस्यामा रहेको तथा अर्थतन्त्र कमजोर रहेका बेला सांसदलाई दसैँ भत्ता बाँडेको भन्दै आलोचना भइरहेको छ।

विभिन्न सांसदहरुले व्यक्तिगत रुपमा भत्ता नलिने, फिर्ता गर्ने वा अरु सामाजिक कार्यका लागि खर्च गर्ने बताइरहेका बेला कांग्रेसले संस्थागत रुपमै आफ्ना सबै सांसदको भत्ता फिर्ता गर्ने भएको हो।

प्रतिनिधिसभामा कांग्रेसका ६१ मध्ये ५९ सांसद छन्। दुई सांसद निलम्बनको अवस्थामा रहेकाले उनीहरुले भत्ता पाएका छैनन्। यस्तै राष्ट्रियसभामा उसका ६ जना सांसद छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

    डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।