काठमाडौँ । अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई विश्वका नेताहरुले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा ‘धाँधली’ भएको र आफूबाट नतिजा ‘खोसिएको’ आरोप लगाए पनि विश्वका नेताहरुले राष्ट्रपतिमा निर्वाचित बाइडनेले उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिइरहेका छन्।
ट्रम्पले धाँधलीको आरोप लगाए पनि अहिलेसम्म कुनै पनि प्रमाण नभेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जो बाइडेन र कमला ह्यारिसलाई बधाई तथा शुभकामना दिएका छन्। अमेरिकासँग सहकार्यको अपेक्षा रहेको उनले उल्लेख गरेका छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले बाइडेन र ह्यारिसलाई बधाई दिँदै दुई देशबिच रहँदै आएको मित्रवत सम्बन्धलाई थप बिस्तार गर्नका लागि सहकार्यको अपेक्षा रहेको उल्लेख गरेका छन्।
यस्तै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बधाई तथा शुभकामना दिँदै अमेरिका बेलायतको महत्वपूर्ण सहयात्री रहेको भन्दै जलवायु परिवर्तन तथा सुरक्षासहितका क्षेत्रमा सहकार्य गरि काम गर्ने अपेक्षा गरेका छन्।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै अमेरिकी नागरिकले आफ्नो नेता चुनेको उल्लेख गरेका छन्। उनले सहकार्यका लागि तयार रहेको उल्लेख गरेका छन्।
स्पेनका राष्ट्रपति पेद्रो सान्चेजले पनि दुई नेतालाई शुभकामना दिएका छन्। उनले विश्व सामु रहेका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन्।
यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बाइडेन र कमला ह्यारिसलाई शुभकामना दिएका छन्। उनले भिन्दा भिन्दै ट्वीट गरेर बाइडेन र ह्यारिसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले बाइडेन र ह्यारिसलाई शुभकामना दिँदै एकताको सन्देशमा काम गर्नु पर्ने उल्लेख गरेकी छन्।
बाइडेन र ह्यारिसलाई विश्वका अरु नेताले शुभकामना दिँदै क्रम जारी रहेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक