Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

इराकमा आइएसद्वारा सात प्रहरीको हत्या


इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

एजेन्सी । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ। शनिबार सो हमला भएको थियो। उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो। सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए। त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ। शनिबार साँझ सो हमला भएको छ।

यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ। इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ। उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ। त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ। सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्षित गरेर हमला गर्ने गरेको छ। शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ। –एएनआई

कामना न्यूज

  • आइतवार, मंसिर ७ २०७७०१:५७:३१
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ