कास्की- पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।
वडा प्रहरी कार्यालय वैदामले जनाएअनुसार मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहेका छन् ।
पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।
ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन । उनको अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा गम्भीर घाइते भएकी बूढानीलकण्ठ–२ की शीला श्रेष्ठलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
२८ वर्षीय श्रेष्ठ सराङकोटबाट प्याराग्लाडिङ गरी अवतरण गर्ने क्रममा घाइते भएकी थिइन्।
पोखरा–२८, कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।
ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन । उनको अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।
घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक