पर्सा । होटेलबाट ५ लाख ८२ हजार रकममसहित जुवा खेल्ने १० जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका २ सिमरा स्थित सिमरा पाराडाइज होटलबाट उक्त रकम सहित जुवाडेहरूलाई पक्राउ गरेको हो।
जुवाडेहरू जुवा कौडा खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोली उक्त होटेलको कम्पाउण्ड भित्र पछाडी साइडमा रहेको टहराबाट उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले होटेलको जुवा खेल्न प्रयोग भएका म्याट, पाउडर, कौडा १६ थान र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैया बरामद गरेको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
पक्राउ परेका सबैलाइ जुवा मुद्दा अन्तरगत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको मिश्रले बताए।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ