Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्ड–नेपाल समूह ,युवा विद्यार्थी भेला गर्दै

प्रचण्ड–नेपाल समूह ,युवा विद्यार्थी भेला गर्दै


प्रचण्ड–नेपाल समूह ,युवा विद्यार्थी भेला गर्दै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तलतल फैलँदो क्रममा छ । शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले काठमाडौंको थापाथली क्याम्पसमा युवा–विद्यार्थी भेलाको आयोजना गर्दैछ ।

भेलालाई स्थायी कमिटी सदस्य तथा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल र पार्टी केन्द्रीय सदस्य हरि पराजुलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूका नेता दीपक बुढाथोकीले जानकारी दिए ।“पार्टीमा के भइरहेको छ भनेर कार्यकर्तालाई सुसूचित गर्न भेलाको आयोजना गरिएको हो,” उनले बाह्रखरीसँग भने, “कार्यक्रममा अनेरास्ववियू, युवा सङ्घका वर्तमान र निवर्तमान नेताहरूको सहभागिता रहनेछ ।”

पार्टीभित्र विवाद बढ्दै जाँदा दुवै समूहले भेला, बैठकमार्फत् आफ्ना कुरा राख्न थालेका छन् । अन्तरविरोध तलतल लैजान थालेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक