हुम्ला-हुम्लामा बिरामी बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको छ।
हेप्काखोलाबाट बिरामी लिएर सदरमुकाम सिमकोट फर्कदै गरेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा राति ११ बजेतिर जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले हुम्लाले जनाएको छ ।
दुर्घटनामा सिमकोट ७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट २ का पारस बोहरा, नाम्खा १ हेप्काका ४५ वर्षीय डुकी तामाङ, उनका श्रीमान ४५ वर्षीय गुरु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ
सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सीकी कल्पना सिंह, सिमकोट ८ खाल्सीका एक वर्षीय बालक मिलन सिंह, सिमकोट ८ खोल्सीकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं। १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह घाइते भएका छन । उनीहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सीताराम बिष्टले जानकारी दिए।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक