Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा स्थायी कमिटी बैठक आज, ओली उपस्थित नहुने संकेत

नेकपा स्थायी कमिटी बैठक आज, ओली उपस्थित नहुने संकेत


नेकपा स्थायी कमिटी बैठक आज, ओली उपस्थित नहुने  संकेत

काठमाडौँ– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका आ-आफ्ना राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ ।
विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले  कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको भन्दै सहभागी नहुने संकेत दिइसकेका छन् ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

दाहाल-नेपाल पक्षले भने पार्टी अनिर्णयको बन्दी बन्दा बहुमतले निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

एकताको महाधिवेशन घोषित मितिको करिब ४ महिनाअघिबाट बहुमत अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका ओलीविरूद्ध दाहाल-नेपाल पक्षले बहुमतबाट निर्णय गर्न खोजेका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिदैन ।

४४ सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा १२ सदस्य मात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै उनविरूद्धको निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

दाहाल-नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक यही मंसिर २५ मा बोलाइएको छ ।

तर, बलजफ्ती अघि बढेमा ‘आफूले झन् ठूलो एक्सन लिने’ चेतावनी दिँदै आएका ओलीले के गर्छन् भन्ने अझै खुलाएका छन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ ।

दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीले आरोप लगाएका छन् भने दाहालले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिएका छन् ।

 

कामना न्यूज

  • आइतवार, मंसिर २१ २०७७०८:३७:३४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक