Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्ड पक्षको भेला बढ्दै

प्रचण्ड पक्षको भेला बढ्दै


प्रचण्ड पक्षको भेला बढ्दै

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको स्पष्ट संकेत देखा परेको छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को भागबण्डाबाट सुरु भएको द्वन्द्व साम्य हुने कुनै लक्षण देखिएका छैनन्।

बरु सहमतिका लागि सुरु भएको संवाद झन तिक्ततातर्फ उन्मुख भएपछि पार्टी विभाजनका संकेत देखिएका हुन्। सहमतिको सम्भावना न्यून हुँदै गएपछि ओलीविरुद्ध प्रचण्ड पक्षले गोप्य भेला र प्रशिक्षणलाई तीव्रता दिएको छ।

बिहीबार प्रचण्ड पक्षले गोप्य रुपमा बागमती प्रदेशस्तरीय भेलाको आयोजना गरेको पाइएको छ। आगामी परिस्थितिको कसरी सामना गर्ने भन्नेमा केन्द्रीत भेलामा यस प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्जहरू, अध्यक्ष र सचिवहरू सामेल भएका थिए।


उनका अनुसार भेलामा प्रचण्डले पार्टी एकताका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरेको तर बदलामा ओलीबाट अपमान मात्रै पाएकाले अब कठोर हुनुपर्ने अवस्था सिर्जना भएको बताएका थिए।

यस्तै आगामी दिनमा कठोर परिस्थिति आउने संकेत गर्दै त्यो सामनाका लागि तयार रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्न प्रचण्डले भ्याएका थिए।

नेता शाक्यका अनुसार प्रचण्डले भनेका थिए,‘ओलीले हामीलाई जसरी पनि पछार्न खोज्नु भएको छ। हाम्रो अपमान कति गर्नु भयो त्यसको लेखाजोखा हुन सकेको छैन। पार्टी फुटाउन पनि उहाँ ठिक्क पर्नु भएको छ। त्यस्तो अवस्थामा हामीले के गर्ने भन्ने महत्वपूर्ण प्रश्न उब्जिएको छ।’

यस्तै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको अडान अनुसार पार्टी अब अघि बढ्न नसक्ने बताएका थिए।

उनले भनेका थिए,‘ओलीले प्रचण्डजीको प्रस्ताव फिर्ताको शर्त राख्नु भएको छ। तर त्यो प्रस्ताव प्रचण्डजीको मात्रै नभई हाम्रो पनि हो। त्यो छलफलका लागि अघि बढिसकेको छ। ओलीले बैठकको सामना गर्नुको विकल्प छैन।’

यो पक्षले केही दिन अघि थापाथली क्याम्पसमा यस्तै प्रकृतिको भेला आयोजना गरेको थियो।

जहाँ नेता शाक्य, अर्की स्थायी कमिटी सदस्य पम्फा भुसाल, केन्द्रीय कमिटी सदस्य लेखनाथ न्यौपाने, रामकुमारी झाँक्रीलगायतले सम्वोधन गरेका थिए।

शाक्यका अनुसार आगामी पुस ३ गते काठमाडौँ क्षेत्र नम्बर २ मा त्यस्तै भेलाको आयोजना हुनेछ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण