१० भदौ,कामना ।
तिब्बतबाट आएको अप्रत्यासित बाढीले रसुवागढी भन्सारको संरचनामा पूर्ण क्षति भएको पाइएको छ ।
अर्थ मन्त्रालयका अनुसार अहिले कर्मचारीहरूसँग सम्पर्क गर्ने काम भइरहेको छ । धेरै कर्मचारी आफ्नो फोन र सामानहरु छाडेर भागेका छन् । जसले गर्दा सबै विवरण संकलन हुन समय लाग्ने अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार रसुवागढी भन्सारमा ३६ जनाको दरवन्दी थियो । जसमध्ये २ जना बिदामा थिए । रसुवागढी भन्सारको यार्डमा रहेका सबै सवारी साधन बगेका छन् ।
१० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी