काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा सारिएको हो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा बैठक बालुवाटारमा सारिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चुलिएका बेला मंसिर २१ गते दुई पृष्ठ लामो पत्र पठाएर ओली अनुपस्थित भएका थिए । त्यो दिन बैठक केहीबेर मात्रै बसेको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक