Logo

मंगलवार, भाद्र ९ गते २०८३

संवैधानिक परिषदको बैठकमा सभामुख गएनन्, पुगेन गणपुरक संख्या

संवैधानिक परिषदको बैठकमा सभामुख गएनन्, पुगेन गणपुरक संख्या


संवैधानिक परिषदको बैठकमा सभामुख गएनन्, पुगेन गणपुरक संख्या

काठमाडौँ – प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् ।

परिषदका अध्यक्ष ओलीले मंगलबार बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता पाउन सकेन ।

प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएकाले सभामुख सापकोटा अनुपस्थित भएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख रहने व्यवस्था छ ।

अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुग्छ । उपसभामुख नरहेको र सभामुख नगएपछि गणपुरक संख्या पुग्न नसकेको हो ।

ओलीले संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै बैठक बोलाएका थिए ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेपछि स्थगित भएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् । बैठकमा ती पदमा नियुक्ति हुनेछ ।

कामना न्यूज

  • मंगलवार, मंसिर ३० २०७७१०:२३:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक