Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसदीय सुनुवाई समितिमा आफ्नो बहुमत स्थापित गर्ने कसरतमा ओली

संसदीय सुनुवाई समितिमा आफ्नो बहुमत स्थापित गर्ने कसरतमा ओली


संसदीय सुनुवाई समितिमा आफ्नो बहुमत स्थापित गर्ने कसरतमा ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सुनुवाई समितिमा आफू पक्षका सांसदहरुको बहुमत बनाउनका लागि प्रयास थालेका छन् ।

ओलीले नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीसँगको परामर्शमा प्रमुख सचेतकबाट असन्तुष्ट पक्षका देव गुरुङलाई हटाउने तथा संसदीय सुनुवाई समितिमा हाल पार्टीका तर्फबाट रहेका पाँच सदस्यलाई विस्थापित गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका सांसदको ठाउँमा आफू पक्षीयलाई ल्याउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

सुनुवाई समितिका हालका १४ मध्ये नेकपाका ८ सदस्य छन् । नेकपाका ८ मध्ये तीन सांसद ओली पक्षका छन् ।

संसदीय सुनुवाई समितिमा ओली पक्षका सांसदहरु सुमनराज प्याकुरेल, निरुदेवी पाल र नन्दा चपाईँ सदस्य छन् । यस्तै प्रचण्ड–नेपाल खेमाका अमृता थापा मगर, देवप्रसाद गुरुङ, पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल, सुरेन्द्र पाण्डे छन् ।

ओलीले तीन दिन अगाडि गुरुङलाई बालुवाटार बोलाइ प्रमुख सचेतक पदबाट राजीनमा दिन निर्देशन दिएका थिए । गरुङले त्यसलाई ढाडै अस्वीकार गरे पनि ओलीले आफू संसदीय दलको नेता भएकाले कुनै पनि समयमा उनलाई हटाउन सक्ने चेतावनीका साथ बालुवाटारबाट बिदाई गरेका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन सम्बन्धी अध्यादेशले जारी गरेकी थिइन् । अध्यादेश अनुसार संवैधानिक परिषदमा विपक्षी दलका नेता तथा सभामुखको उपस्थिति बिनै पनि संवैधानिक निकायमा महत्वपूर्ण नियुक्तिका लागि सफारिस गर्न सक्ने अधिकार प्राप्त भएको छ ।

परिषदबाट सिफारिस भएका नाम संसदीय सुनुवाई समितिले अनुमोदन नगरेमा ओलीका लागि नैतिक र राजनीतिक संकट उत्पन्न हुने भएकाले त्यसमा फेरबदल गर्न लागेका बुझिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक