५ पुस, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वास प्रस्ताव रोक्ने प्रयास असफल भएपछि संसद विघटन गरिएको जनाएका छन् ।
उनले दलभन्दा बाहिरबाट प्रधानमन्त्रीविरुद्ध लगिएको अविश्वास प्रस्ताव दर्ता गर्ने प्रयास असफल भएपछि बाध्यातात्मक रूपमा प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जानुपरेको बताएका हुन्।
उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै यो अवस्था आउनुमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पनि जिम्मेवार रहेको बताएका छन् । उनले भनेका छन्, ‘चुनावले लोकतन्त्र सुरक्षित र सुदृढ हुन्छ ।
सडक आन्दोलनको बाटोले प्रतिक्रियावादी र दक्षिणपन्थीहरुलाई फाइदा पुग्ने भन्दै उनले गम्भीर र जिम्मेवार बन्न पनि अनुरोध गरेका छन् ।
के लेखेका छन् सामाजिक सञ्जालमा ?

-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक