Logo

मंगलवार, भाद्र ९ गते २०८३

‘हिजोदेखि नेकपाको ईञ्जिन सिज भयो ' ‘ढुक्क हुनुहोस्, अव कांग्रेसले अभिभावकत्व निर्वाह गर्छ-कांग्रेसका प्रवक्ता शर्मा

‘हिजोदेखि नेकपाको ईञ्जिन सिज भयो ' ‘ढुक्क हुनुहोस्, अव कांग्रेसले अभिभावकत्व निर्वाह गर्छ-कांग्रेसका प्रवक्ता शर्मा


‘हिजोदेखि नेकपाको ईञ्जिन सिज भयो ' ‘ढुक्क हुनुहोस्,  अव  कांग्रेसले अभिभावकत्व निर्वाह गर्छ-कांग्रेसका प्रवक्ता शर्मा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारूढ दल नेकपाको ‘ईञ्जिन सिज’ भएको बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएका विवाद हल गर्न नसकेर पार्टीलाई नै भड्खालोमा पुर्‍याएको पनि उनले बताए।

‘हिजोदेखि नेकपाको ईञ्जिन सिज भयो। पार्टीभित्र देखिएका द्वन्द्व सामना गर्न नसकेर प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली निरन्तर रहन सक्नु त भएन प्रतिनिधिसभा नै विघटन गर्नुभयो। यो असंवैधानिक छ,’ उनले भने, ‘जिम्मेवार नेताको कर्तव्य केपी ओलीले निर्वाह गर्नुभएन। उहाँको पार्टी ठूलो भड्खालोमा पर्‍यो।’ 

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर यो व्यवस्थामाथि नै प्रश्न उठाइरहेकाहरूलाई बल दिएकोसमेत शर्माको भनाइ छ।
उनले मुलुक अब कसरी अगाडि बढ्ला भन्ने चिन्ता नलिन जनतालाई अपिल पनि गरेका छन्।

आइतबार बेलुकी कांग्रेसको धारणा सार्वजनिक गर्दै शर्माले सानो आकारमा संसदमा आफ्नो पार्टी भए पनि अभिभावकीय भूमिका खेल्ने बताएका हुन्।

‘सानो आधारमा संसदमा कांग्रेस होला तर ज्युँदै छ,’ उनले भने, ‘ढुक्क हुनुहोस्, कांग्रेसले अभिभावकत्व निर्वाह गर्छ।’

मुलुकलाई विगतमा अप्ठ्यारो परेका बेला पनि कांग्रेसले यस्तै भूमिका खेलेको उनको भनाइ थियो।

अब कसरी अगाडि बढ्ने भन्नेबारे मंलबार केन्द्रीय समितिबाट निर्णयमा पुगिने उनले बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक