Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन: प्रधानमन्त्री

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन: प्रधानमन्त्री


संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफूनिकट सांसदहरुसँग बालुवाटारमा सोमबार बिहान छलफल गर्दै आफूले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्चले उल्ट्याउन नसक्ने चेतावनी दिएका छन्।

उनले सांसदहरुसँग भने, ‘मैले संसदको ६४ प्रतिशत बहुमतका आधारमा यो निर्णय गरेको छु, यो निर्णयलाई अदालले उल्ट्याउन सक्दैन।’

आफूलाई पार्टीका कारण सरकारमा रहेर  काम गर्न नदिइएकाले आफूले यो निर्णय गर्नुपरेको उल्लेख गर्दै उनले पार्टी फुटाउने आफ्नो कुनै मनशाय नरहेको पनि स्पष्ट पारेका छन्।

‘काम गर्न नदिइएपछि मैले बाध्य भएर यो निर्णय गरेको हुँ,’ उनले भने।

अझै पनि आफू एकताबद्ध पार्टीकै पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म कहिल्यै पनि पार्टी एकताको विपक्षमा छैन।’

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक