Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्डले मन्त्री निवासमै गएर गृहमन्त्री बादलसँग गरे भेट

प्रचण्डले मन्त्री निवासमै गएर गृहमन्त्री बादलसँग गरे भेट


प्रचण्डले मन्त्री निवासमै गएर गृहमन्त्री बादलसँग गरे भेट

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् ।

बादललाई भेट्न प्रचण्ड मन्त्री निवास पुल्चोक नै पुगेका हुन् । बालद र प्रचण्डबिच १० मिनेट जति कुराकानी भएको बताइएको छ । त्यसअघि बादलले आफू पक्षीय नेताहरुसँग परामर्श गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले आइतबार सामूहिक राजीनामा दिएका थिए ।

तर पूर्व माओवादीका तर्फबाट मन्त्री बनेका बादल र लेखराज भट्टले भने राजीनामा दिएनन् । भट्टले आफ्नो साथ प्रधानमन्त्री ओलीलाई रहेको स्पष्ट पारेका छन् ।

बादल पनि ओलीकै पक्षमा रहेका बताइन्छ । तर उनी सोमबार बिहान बालुवाटारमा भएको भेलामा नगई आफू पक्षका नेतासँग पुल्चोकमै परामर्शमा जुटेका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण