Logo

मंगलवार, भाद्र ९ गते २०८३

‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’- प्रधानमन्त्री ओली

‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’- प्रधानमन्त्री ओली


‘मेरो राजनीतिक चरित्र हत्या गर्न खोजियो’- प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको प्रष्ट्याए ।
सरकारले राम्रो काम गर्दा गर्दै पनि विपक्षी दललाई पनि उछिनेर आफ्नै पार्टीका नेताहरूबाट सरकारलाई असहयोग गरिएको जनाए ।

सरकारले आफ्नो पूर्ण भूमि समेटर नयाँ नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँदै अघि बढाएको तथा चीनसँग पारबहन सुविधा विस्तार गरिएकोमा उल्टो अविश्वास प्रस्ताव ल्याएर सरकारलाई अपदस्त गर्न खोजिएको उनले बताए ।

पहिलो पटक आफू प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दी डटेर लागिपर्दा उल्टै सरकार अपदस्थ गरिएको स्मरण गर्दै ओलीले भने, ‘परस्थिति र समय सन्दर्भ फरक भए पनि पात्रहरू उनै हुन् । के यसले हाम्रा कतिपय नेताहरू नेपाललाई अनन्त अस्थिरतामा धकेल्न लागि परेको स्पष्ट हुन्न र ?

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक