Logo

मंगलवार, भाद्र ९ गते २०८३

निर्वाचनमा केन्द्रित हुन देशवासीलाई प्रधानमन्त्री ओलीको आह्वान

निर्वाचनमा केन्द्रित हुन देशवासीलाई प्रधानमन्त्री ओलीको आह्वान


निर्वाचनमा केन्द्रित हुन देशवासीलाई प्रधानमन्त्री ओलीको  आह्वान

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन देशवासीलाई आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्न नपाएपछि ताजा जनादेशमा जाने निर्णय गरिएको र त्यसमा होमिन देशवासीलाई आह्वान गरेका हुन् ।
सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको बताए ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर अस्थिरताका लागि प्रयास गरेको आरोप लगाए ।

नेकपाका अध्यक्ष ओलीले विपक्षी नेतालाई पनि उछिनेर आफ्नो पार्टीभित्रका केही नेताहरु पद र  प्रतिष्ठामा मात्र केन्द्रित रहेको पनि जिकिर गरे ।

सरकारले आफ्नो पूर्ण भूमि समेटर नयाँ नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँदै अघि बढाएको तथा चीनसँग पारबहन सुविधा विस्तार गरिएकोमा उल्टो अविश्वास प्रस्ताव ल्याएर सरकारलाई अपदस्त गर्न खोजिएको उनले बताए ।

पहिलो पटक आफू प्रधानमन्त्री हुँदा भारतको नाकाबन्दी डटेर लागिपर्दा उल्टै सरकार अपदस्थ गरिएको स्मरण गर्दै ओलीले भने, ‘परस्थिति र समय सन्दर्भ फरक भए पनि पात्रहरू उनै हुन् । के यसले हाम्रा कतिपय नेताहरू नेपाललाई अनन्त अस्थिरतामा धकेल्न लागि परेको स्पष्ट हुन्न र ?

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक