Logo

मंगलवार, भाद्र ९ गते २०८३

केपी ओलीको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो– माधव नेपाल

केपी ओलीको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो– माधव नेपाल


केपी ओलीको बैठक पार्टीको आधिकारिक बैठक होइन, गुट भेला मात्रै हो– माधव नेपाल

काठमाडौँ– सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकलाई गुटगट भेलाको संज्ञा दिएका छन् ।

बरिष्ठ नेता नेपालले ओली पक्षीय बैठकलाई पार्टीको आधिकारिक बैठक नभएको जिकिर गरेका छन् ।
आज बबरमहलस्थित कार्की बैङ्क्वेटमा बसेको नेपाल-दाहाल पक्षीय स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बालुवाटार बैठक गुटगत भेला भएको बताए ।
उनले अहिले पार्टी नफूट्ने पनि दावी गरे । पार्टी अब एकजुट भएर अघि बढ्ने नेता नेपालको विश्वास छ ।

नेपाल-दाहाल पक्षको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने निर्णय समेत गरेको छ । दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक