काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनिसकेपछि फेरि पनि सडकमा जाने विषयमा किन खुट्टा कमाएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।“पदाधिकारी बैठकले असंवैधानिक कदम भनेको हो कि होइन ? हो भने अहिले किन चुनावको कुरा गरेको ?,” थापाको प्रश्न थियो, “असंवैधानिक कदम भनिसकेपछि चुनावमा जानुको के अर्थ छ । अब अहिले अदालतको आदेश कुरौँ भन्नुको अर्थ के ? यो छाडातन्त्र पाराले चल्दैन । निर्वाचनमा जाने विषयमा नजाऔँ भन्ने कोही छैन तर कांग्रेस पदाधिकारी बैठकले असंवैधानिक भनिसकेपछि कि त्यो सच्याउनुन् होइन भने अब सडकमा जानुको विकल्प छैन । सडकमा कसरी जाने भन्ने विषयमा छलफल गरौँ ।”
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक