Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली समूहको बैठकमा गए बादल

ओली समूहको बैठकमा गए बादल


ओली समूहको बैठकमा गए बादल

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् ।

कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका छन् । हरिबोल पनि यसअघि कुनै भेलामा सहभागी थिएनन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए । तर, अन्ततः बादल र हरिबोल ओलीतर्फ लागेका छन् ।

यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् । यो समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा दुई बजे बस्दैछ ।

 

कामना न्यूज

  • बिहिवार, पौष ९ २०७७०१:५०:३२
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक