Logo

मंगलवार, भाद्र ९ गते २०८३

पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा थप ६१३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।

गत २४ घण्टामा ५ हजार ५ सय १० पीसीआर परीक्षण भएको छ। हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५  जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८ पुगेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक