Logo

मंगलवार, भाद्र ९ गते २०८३

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु


वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्यु
फेसबुकको सहयोगमा

विराटनगर– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार विराटनगर महानगरपालिका १२ का ६३ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो। दाँत सम्बन्धी पुरानो समस्या देखिएको बिरामी पुरुषमा पौष ९ गते बिहीबार कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको उनले जानकारी दिए।
कोरोना संक्रमण पुष्टिसँगै बिहीबार नै विरामी पुरुषलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा थप उपचारका लागि भर्ना गरिएको थियो।
मृतकको शव व्यवस्थापनको कार्य भइरहेको सहप्रवक्ता पोखरेलले जानकारी दिएका छन्।
यससँगै प्रतिष्ठानमा हालसम्म १ सय १९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक