विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् ।
आङ्बो पूर्वमाओवादी नेता पनि हुन् । उनी अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएका थिए । आइतबार नै राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी छ । नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक