Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्डले आफू निकट कर्मचारीलाई आइतबार प्रशिक्षण दिने

प्रचण्डले आफू निकट कर्मचारीलाई आइतबार प्रशिक्षण दिने


प्रचण्डले आफू निकट कर्मचारीलाई आइतबार प्रशिक्षण दिने

काठमाडौँ – नेकपाकाे एक खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार राजधानीमा आफू निकट कर्मचारीहरुलाई प्रशिक्षण दिँदैछन्।

बबरमहलस्थित कार्की बैङ्क्वेटमा दिउँसो साढे ई बजेदेखि प्रचण्डले कर्मचारीलाई प्रशिक्षण दिन लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

उनका अनुसार प्रशिक्षण पछिल्लो राजनीतिक घटनाक्रमको यथार्थ र आगामी दिनका रणनीतिमा केन्द्रीत हुने छ।

आइतबार नै प्रचण्ड -माधवकुमार नेपालको यो खेमाले ७७ जिल्लामा भेला आयोजना गर्दैछ।

प्रचण्डले सम्भवत सोमबार चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रतिनिधित्व गर्दै आउने नेताहरुसँग छलफल गर्ने छन्।

यो खेमाको यही पुस ७ र ९ गते बसेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार आइतबार प्रशिक्षण र भेला आयोजना गर्न लागिएको हो।

ओलीले संसद विघटन र पार्टीविभाजन गरेर मुलुकलाई पुनः राजनीतिक अस्थिरतातर्फ धकलेको यो खेमाको आरोप छ।

कामना न्यूज

  • आइतवार, पौष १२ २०७७११:४९:३८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक