Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रतिगमनविरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्छौं’

प्रतिगमनविरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्छौं’


प्रतिगमनविरूद्ध एक लाख कार्यकर्ता सडकमा उतार्छौं’

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड नेपाल समूहले काठमाडौंमा एकलाख नागरिक–कार्यकर्ता उतार्ने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने कदमविरूद्ध पुस १४ गते जनसागर उतार्ने र संसद् पुनस्र्थापनाका लागि व्यापक जनदबाब सिर्जना गर्ने उनीहरूले तयारी गरेका हुन्।
 पुस १४ को तयारीका लागि आइतबार बिहान प्रचण्ड नेपाल समूहको सचिवालय बैठक बसेको थियो । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।बैठकले प्रधानमन्त्री र राष्ट्रपति भण्डारीको असंवैधानिक कदमकाविरूद्ध एक लाख नागरिक सडकमा उतार्नेगरी तयारी गरेको छ,” नेता खनालले भने ।

प्रचण्ड–नेपाल समूहले आजै देशभर जिल्ला र निर्वाचन क्षेत्र स्तरका कमिटीहरूको भेला गरिरहेको छ । भेलामा कार्यकर्ता परिचालन र सङ्घर्षलाई प्रभावकारी बनाउनेबारे छलफल भइरहेको नेताहरूले बताएका छन् । प्रचण्ड समूहले आज पनि ओलीको कदमविरूद्ध सङ्घर्षका विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।

कामना न्यूज

  • आइतवार, पौष १२ २०७७१२:४६:१२
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक