जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहको अगुवा कार्यकर्ता भेला जनकपुरधाममा सुरु भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रिय सर्कुलर अनुसार आज अगुवा कार्यकर्ताहरुको भेला सुरु गरिएको हो।
दाहाल–नेपाल समूहले प्रदेश २ स्थित जनकपुरधाममा रहेको पार्टीको प्रादेशिक कार्यालयमाथि दावी गर्दै सोही कार्यालयमा भेलाको आयोजना गरेको हो।
अन्य ठाउँमा पार्टी कार्यालय कब्जा गर्ने विषयलाई लिएर विवाद चलिरहेको समयमा प्रदेश २ मा अहिलेसम्म त्यस्तो अवस्थाको सिर्जना नभएको प्रचण्ड–नेपाल समूहका नेकपाका केन्द्रीय सदस्य श्रवण बरबरियाले दाबी गरे। प्रदेशमा ओली समूह कमजोर रहेकोले विवादको अवस्था सिर्जना नभएको र त्यस्तो अवस्था नआउने प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुको भनाइ छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक