जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन्।ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड(नेपाल मुक्त भएको भट्टराईको भनाइ छ। तैपनि प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन्।
‘ओलीले गोदेकोगोदै छन्। अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छरु,’ उनले काठमाडौंमा आइतबार आयोजित जसपाको प्रदर्शनपछि भने।उनले कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन्।
चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक