Logo

मंगलवार, भाद्र ९ गते २०८३

यी मन्त्रीले भने ओली त भ्रष्टाचारीको महानाईके

यी मन्त्रीले भने ओली त भ्रष्टाचारीको महानाईके


यी मन्त्रीले भने ओली त भ्रष्टाचारीको महानाईके

१३ पौष जनकपुरधाम। संसद विघटन गराएपछि आलोचित बन्दै गएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चोतर्फी आलोचना बढ्दै गएको छ ।

यसबीच प्रदेश नम्बर दुईका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र प्रसाद सोनलले प्रधानमन्त्री ओलीलाई पूँजीपति, दलाल र भ्रष्टाचारीहरुको नाईके रहेको आरोप समेत लगाएका छन्। 

आइतबार जनता समाजवादी पार्टी नेपालले  जनकपुरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमबिरुद्ध जनता समाजवादी पार्टीले आइतबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम लगायत प्रदेशको सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।

गत आईतबार प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोधमा जनता समाजवादी पार्टीले  देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । जसपाले घोषणा गरेको ५ दिने विरोध कार्यक्रम अन्तर्गत आइतबार अन्तिम दिन प्रदेश २ का जिल्लाहरुको ठाउँठाउँमा विरोध प्रदर्शन गरिएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक