Logo

बुधवार, भाद्र १० गते २०८३

प्रचण्डले ओलीलाई संसद् विघटन गरेर कलंकको टीका लगाए भनेपछि बालुवाटारमा हंगामा !

प्रचण्डले ओलीलाई संसद् विघटन गरेर कलंकको टीका लगाए भनेपछि बालुवाटारमा हंगामा !


प्रचण्डले ओलीलाई संसद् विघटन गरेर कलंकको टीका लगाए भनेपछि बालुवाटारमा हंगामा !

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली श्री ३ जंगबहादुर राणाको बाटोमा हिँडेको आरोप लगाएका छन्।

सोमबार पेरिसडाँडामा जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली जंगबहादुरको बाटोमा हिँडेकाले पार्टीभित्र विभाजन आएको दाबी गरे । उनले संविधान, संघीयता र गणतन्त्रको पक्षमा लड्ने मुद्दा आफूहरुले पाएकाले आफूहरुले अर्को निर्वाचन जित्ने पनि दाबी गरे ।

‘केपी ओली जंगेको बाटोमा हिँड्नुभयो, त्यो दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो,’ प्रचण्डले भने, ‘नेकपामा विभाजन आउनुको कारण उहाँ नै हो ।’

साथै उनले प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गरेर कलंकको टीका लगाएको पनि आरोप लगाए ।

‘संविधानविपरीत उहाँले संसद विघटन गरेर हामीलाई त्यसको विरोधमा सडकमा आउनुपर्ने गराउनु भयो। उहाँलाई धन्यवाद दिन्छु किनकि हामीलाई जनतासामू जाने मुद्दा दिनुभयो,’ उनले भने ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण