नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग क्षमा मागेका छन्।
आफूहरूको पार्टीबाट बनाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर प्रतिनिधि सभा भंग गरेको भन्दै प्रचण्डले जनतासँग माफी मागेका छन्।
ओली तानाशाह हो,’ उनले भने, ‘उहाँले मुलुकलाई भड्खालोमा हाल्दै हुनुहुन्छ।’
आफूले वामगठबन्धन गरेका बेला यति छिटै ओलीविरूद्ध आन्दोलनमा जानु पर्ला भन्ने नसोचेको पनि प्रचण्डले बताए।
‘यति चाँडै ओली प्रतिगमनविरूद्ध सडकमा आउनुपर्छ भन्ने वामगठबन्धन गर्दा सोचेको पनि थिइनँ,’ आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा प्रचण्डले भने, ‘ओली सच्चिनुभयो होला भनेको सच्चिनु भएन। कम्युनिष्ट पार्टीबाट बनाइएका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गर्नुहोला भनेर सोचेका थिएनौं। माफी चाहन्छौं
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक