काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर उनकी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।
सीता दाहालको स्वास्थ्यमा अचानक समस्या आएपछि बुधबार उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीको स्वास्थ्य सन्देश प्रचण्डलाई सुनाएका थिए ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।
प्रचण्डसहितका नेताहरु अहिले अस्पताल परिसरमा छन् ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण