काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएको बताएका छन् । विभिन्न दलआबद्ध महिला सांसदहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
अहिलेको संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको बताए । त्यस्तै उनले सर्वोच्च अदालतमा पनि त्यहीअनुसारको प्रत्युत्तर दिने तयारीमा रहेको पनि उनको भनाइ थियो ।
संविधानको रक्षाका लागि कसरी भूमिका खेल्ने भन्नेबारे बृहत् छलफल गरिरहेको पनि उनले बताए ।
संसद् विघटनको विषयमा सर्वोच्च अदालतमा रिट दायर भएपछि कारण देखाऊ आदेश जारी भएको छ । सभामुखसँग समेत जवाफ मागिएको छ । प्रत्युत्तरमा अहिलेको परिस्थितिमा प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको जवाफ अदालतका बुझाउने तयारीमा रहेको उनको भनाइ थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक