Logo

मंगलवार, भाद्र ९ गते २०८३

महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी असई पक्राउ

महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी असई पक्राउ


महेश बस्नेतलाई गाली गरेको आरोपमा पूर्वप्रहरी असई पक्राउ

काठमाडौं । सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका ३५ वर्षीय असई डिल्लीबहादुर चन्द छन् ।

साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगन्जबाट चन्दलाई मंगलबार राति पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याएर म्याद थपको प्रक्रिया अगाडि बढाइएको एसएसपी अर्यालले बताए ।

उनीविरुद्ध बस्नेतले कानुन व्यावायीमार्फत उजुरी दिएका थिए । एसएसपी अर्यालले भने, “उहाँले भन्नै नसकिने अश्लील प्रकारका गाली, टिप्पणी गरेको पाइएको छ । थप अनुसन्धान गरिरहेका छौं ।”

एसएसपी अर्यालका अनुसार केही दिनअघि मात्रै चन्दले महेश बस्नेतका विषयमा अभद्र टिप्पणी गरेको पाइएको छ

कामना न्यूज

  • बिहिवार, पौष १६ २०७७०५:४९:३४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक